काठमाडौं, साउन १६
सुनको बुद्धमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका ८ बस्ने २१ वर्षीय अनिल बानियाँ र रामेछाप मन्थली नगरपालिका २ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।
आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्धको मूर्ति रहेको र किन्ने भए २० लाख रूपैयाँमा बेच्छौँ भनी नगद १४ लाख रूपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद एक लाख ९५ हजार रूपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरपठाईएको उक्त महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया