सनराइज बैंक र हङ्गकङ्गस्थित एटी सर्भिसबीच सम्झौता
काठमाडौं, साउन १८
सनराइज बैंक लिमिटेड र र हङ्गकङ्गस्थित एटी सर्भिसबीच अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार हङ्गकङ्गमा रहेका नेपालीले नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।
एटी सर्भिसमार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका एक सय ३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभर छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया