रमेशकुमार वली
सल्यान, साउन २०
सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेका छन् । नगरपालिकाका केही बस्तीमा बँदेलको बथानले पाक्नैलागेको मकैबाली सखाप पारेका हुन् । बँदेलले वनगाड कुपिण्डे नगरपालिका– ९ का गीठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अँधेरीलगायतका गाउँमा बँदेलेको समूहले मकैबाली तहसनहस पार्न थालेपछि किसान चिन्तित भएका छन् ।
नजिकैका जङ्गलबाट आएको बँदेलको बथानले पाक्नैलागेको मकैबाली नष्ट पारेपछि किसान चिन्तित हुन थालेको पीडित काशीराम बोहराले जानकारी दिए । दिनभरि जङ्गलमा बस्ने र राति भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाइ छ । ‘परिवारको वर्षभरि पेट पाल्ने मकै दुई दिनमा बँदेलले तहसनहस पारिसके अब कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ’, बोहोराले भने । नजिकैका जङ्गलबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने वनगाड कुपिण्डे– ९ का अनिल बस्नेतले जानकारी दिए । ‘हामीलाई बँदेलले वर्षेनी दुःख दिँदै आएको छ ।
सरोकारवाला निकायमा जति कुरा राखे पनि सनुवाइ हँुदैन, अब हामीले बसाइँ सर्नुबाहेकको विकल्प छैन’, बस्नेतले भने । किसान मकै जोगाउन रातभरि बारीमा जाग्राम बस्दै आएको बस्नेतको भनाइ छ । ‘केही दिनदेखि हामी गाउँका सबै रातभरि बारीमै बस्छौँ, थाल ठटाउने, होहल्ला गरे पनि बँदेल बारीमा छिरेर मकै नष्ट गरेको थाहै हुँदैन’, बस्नेतले भने ।
लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनालीसमेत जङ्गली जनवारले नष्ट पार्न थालेपछि परिवारको गर्जो कसरी टार्ने भन्नेमा चिन्ता हुनथालेको किसानले बताएका छन् । बँदलेलले दुःख दिन थालेपछि किसान रातभर बारीमै पहरा दिन थालेका छन् ।
रातभरि बारीमा जाग्राम बस्दा पनि बँदेल बारीमा पसेर मकै नष्ट पार्न थालेका अर्का किसान रिमबहादुर बुढाथोकीले बताए । उनले भने, ‘बँदेलले यहाँ मकैबाली मात्रै हैन अब मकै सकिएपछि धानबाली र गहुँबालीसमेत नष्ट गर्ने गरेको छ, जङ्गल छेउका बस्तीमा बँदेलको बथान ठूलो छ दुःख नदिएको कुनै वर्ष छैन ।’
‘हामीले बँदेल नियन्त्रण गर्न सम्बन्धित निकायमा सूचना दिएका छौँ तर पनि सुनुवाइ हुँदैन, बँदेलले दिएको दुःखले बस्ती छोड्नुपर्ने अवस्था हुन थालेको छ’, वनगाड कुपिण्डे– ९ का ध्रुव नेपालीले भने, ‘गिठाचौर बस्तीमा बर्सेनि बँदेलको बथानले बालीनाली नष्ट नपारेको कुनै वर्ष नै छैन, किसानले बालीनालीको बीउसम्म जोगाउनसक्ने अवस्था छैन ।’
बँदेलले बर्सेनि दुःख दिइरहेको कुरा सम्बन्धित निकायलाई थाहा भए पनि कुनै चासो नदिएको स्थानीयको भनाइ छ । जिल्लाको पश्चिमी क्षेत्रमा बस्ती नजिक घना जङ्गल भएकाले पनि बर्सेनि स्थानीय जङ्गली जनवारबाट प्रभावित भइरहेका छन् । बँदेलले हरेक वर्ष यस क्षेत्रका करिब ४ सय घरधुरीले लगाउँदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारीसमेत रोकिएकाले जङ्गलमा बँदेलको संयामा वृद्धि भएकाले पनि बर्सेनि बालीनालीको क्षतिमा पनि वृद्धि हुँदै गएको पीडित किसानको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया