अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संंख्या ४७ हजार
काठमाडौं, साउन २१
अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताहरूको कुल संख्या ४७ हजार २६ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार सेयर कारोबार गर्न अनुुमतिप्राप्त ५९ वटा दलाल कम्पनीहरूसँग आबद्ध दुुई लाख ६४ हजार छ सय ३३ लगानीकर्ताहरूमध्ये ४७ हजार लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका हुुन् ।
नेप्सेका अनुसार अनलाइनमार्फत कारोबार गर्नेगरी सदस्य दलालबाट युजरनेम र पासर्वड लिने लगानीकर्ताहरूको संख्या ४७ हजार पुुगेको हो । सोमध्ये ब्रोकर नम्बर १ को कुमारी सेक्युरिटिज प्रालिअन्तर्गत पाँच हजार सात सय ३४ लगानीकर्ताहरू रहेकोमा चार सय ६५ लगानीकर्ताहरू अनलाइन कारोबारमा आबद्ध भएका छन् । ब्रोकर नम्बर तीनको अरुण सेक्युरिटिज कम्पनीमा पनि कुुल नौ सय ९० सक्रिय लगनाीकर्ताहरू रहेकोमा दुुई सय २१ जना अनलाइन कारोबारमा आबद्ध भएका छन् । यसैगरी ब्रोकर नम्बर ४ को ओपन सेक्युरिटिजमा दुुई हजार सात सय २६ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ९६ जना लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् । ब्रोकर नम्बर पाँचको मार्केट सेक्युरिटिज एण्ड एक्सचेन्जमा पनि दुुई हजार चार सय ४४ सक्रिय लगानीकर्ता रहेकोमा चार सय ४२ लगानीकर्ताहरू अनलाइनमा आबद्ध भएका छन् ।
यसैगरी अग्रवाल सेक्युरिटिजमा छ हजार तीन सय ७२ सक्रिय लगानीकर्ताहरू रहेकोमा पाँच सय ७८ अनलाइन जना अनलाइन कारोबारमा आबद्ध रहेका छन् । नेप्सेका अनुसार जेएफ सेक्युरिटिज प्रालिमा पनि तीन सय चार सय ५२ जना सक्रिय लगानीकर्ताहरू रहेकोमा चार सय ६४ जना अनलाइन लगानीकर्ताहरू रहेका छन् । प्रज्ञान सेक्युरिटिजमा पनि चार हजार नौ सय ३४ सक्रिय लगानीकर्ताहरू रहेकोमा तीन सय १० जना अनलाइनमा आबद्ध छन् । यीबाहेक मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, नेपाल स्टक हाउस, प्रिमो सेक्युरिटिज, एबीसी सेक्युुरिटिजमा पनि क्रमशः तीन सय १३, नौ सय ३०, पाँच सय ९५ र आठ सय १७ अनलाइन लगानीकर्ताहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया