काठमाडौं, साउन २५
वैदेशिक रोजगारीका क्रममा भोग्नुुपर्ने अनेकौँ पीडा र घर परिवारको सम्झना गीतमार्फत सार्वजनिक भएको छ । गायक दाजुुबहिनी रञ्जन थापा र रोजनिता थापाले वैदेशिक रोजगारीको पीडा झल्काउने आफ्नो पहिलो अफिसियल गीत भनिदेऊ साँहिलीको अडियो सार्वजनिक गरेका हुुन् ।
ललितपुरको सातदोबाटो निवासी थापा दाजुु बहिनी बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा लागेका हुुन् । रञ्जन लक डाउनअघिसम्म उपत्यकाका विभिन्न स्कुुलहरुको संगीत शिक्षकको रुपमा पनि कार्यरत रहेका थिए । हाल भने कोभिड १९ का कारण केही फुुर्सदिला बनेका थापा घरमा बसेर संगीतसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएका छन् ।
बहिनी १४ वर्षीय रोजनिता भने हाल लिटिल एन्जेल्समा कक्षा १० मा अध्ययन गर्दै छिन् । पढाइको अलावा गीत संगीतमा पनि निकै पोख्त रहेकी रोजनिता अहिले गितारको प्रशिक्षण लिइरहेकी छिन् । ‘हामी दाजुु बहिनीको लक्ष्य भनेको नेपाली म्युजिक क्षेत्रमा केही गर्ने हो’, एकै स्वरमा दाजुु बहिनी भन्छन्, ‘सानैदेखि म्युजिकमा लागेको र यसमा विशेष गरी मामुुले निकै सहयोग, प्रोत्साहन र हौसला दिनुभएको छ ।’
उनकै कारण आफूहरुलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप हौसला मिलेको रञ्जनको भनाइ छ । अहिले अडियो मात्र सार्वजनिक गरेको भनिदेऊ साहिँलीको छिट्टै नै म्युुजिक भिडियो पनि बनाउने रञ्जनले बताए । अहिले नेपाली लोक संगीतमा ब्याचलर लेभलको अध्ययन गरिरहेका थापाले अहिलेसम्म दुई सयभन्दा बढी गीतहरु कम्पोज गरिसकेका छन् । विभिन्न समय र स्थानहरुमा भएका लाइभ कन्सर्टहरुमा समेत थापाले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया