चोकर्म पोखरी फुट्दा सोलु खोलामा पानीको बहाब बढ्यो
महेन्द्र शाही
सोलुखुम्बु, साउन २५
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलु खोलामा पानीको बहाब बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि सोलु खोलामा पानीको बहाब उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुनसक्ने अनुमान गरिँदै आएको थियो । ताल फुटेको भन्दा पनि पहिरो गएर नदि थुनिएको हो कि भन्ने आशंका समेत व्यक्त गरिएको थियो । तर शेर्पाले ताल फुटेको बताएसँगै पानीको बहाब बढ्नुको कारण एकिन भएको छ ।
दूधकुण्ड क्षेत्रमा रहेका शेर्पाले चोकर्म ताल फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको बताए । उक्त पोखरी पूर्णरूपमा फुट्ने खतरा भने उच्च रहेको उनको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिरा–चिरा परिसकेको भन्दै नदि किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने सुझाब दिइएको छ । यता सोलुखुम्बु प्रहरीले भने आधिकारिकरूपमा यसको पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिए ।
सोलुखोलामा पानीको बहाब उच्च हुँदा जुनबेसी क्षेत्रमा नदिको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाब केही मात्रमा कम भए पनि जोखिम भने कायम रहेको नाम्गेल शेर्पाले बताए । खोला किनारका स्थानीयलाई समयमा नै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उनको भनाइ छ । सोलु खोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौरीगोठ तथा ३ वटा काठे साँगु समेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण संकलनमा ढिला गर्न नहुने समेत बताएका छन् । पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन । जसले गर्दा विवरण संकलनमा समेत समस्या भएको हो ।
यता सोलुखुम्बु प्रदेश सभा (ख)का सांसद एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताएका छन् । पोखरी फुटेको खबरले त्रास फैलियको भन्दै बास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ । जिल्ला सदरमुकामा सल्लेरीदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दुधकुण्ड क्षेत्र पुग्नको लागि हिँडेर दुई दिन लाग्छ ।
सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर एकमा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । तर ती तालको अवस्थाको बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । उक्त ताल फुटेको खण्डमा सोलु खोलामा निर्माणाधीन ३ वटा हाइड्रोपावरमा क्षति पुग्छ भने कम्तीमा ३ वटा बस्ती नै विस्थापित हुने देखिन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया