माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक ‘विच्याट अर्डर’को भुक्तानी सेवा सुरु
काठमाडौं, साउन ३२
माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक विच्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरू भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै विच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौतापश्चात् नेपाल आउने पर्यटकहरूले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरूबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी विच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फर्स्ट–पे टेक्नोलोजी प्रालिसँगको सहकार्यमा उक्त वालेट सञ्चालनमा ल्याएको हो ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिमका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ५९ वटा शाखाहरू, एक सय ३४ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा दुुई सय ९३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९८ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएस पस मेसिनबाट ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया