काठमाडौं, पुस ९
किवि उत्पादनको हिसाबले प्रमुख क्षेत्र मानिने जिल्लाको भीमेश्वर नगरपालिकाले सात दिन किबी महोत्सव गर्ने भएको छ । जिल्लामा स्थानीय तहहरुको महोत्सव गर्ने होटाबाजी नै चलेको छ । पछिल्लो दुई महिनामा मात्रै दोलखामा चार वटा महोत्सव संचालन भएका छन् । कात्तिक यता जिरी नगरपालिकाले स्ट्रिट फुड महोत्सव र मेलुङ गाउँपालिकाले आलु महोत्सव र सुन्तला महोत्सव आयोजना गरिसकेको छ । भीमेश्वर नगरपालिकाले पनि किवि महोत्सव गर्ने घोषणा गरेको छ । त्यसैगरी आगामी फागुनको दोस्रो सातादेखि उद्योग वाणिज्य संघ दोलखाले पनि १० दिन दोलखा महोत्सव गर्ने तयारी गरिरहेको छ ।
भीमेश्वर नगरपालिकाले सोमबार एक सूचना सार्वजनिक गर्दै सात दिन किवि महोत्सव गर्ने भएको हो । नगरपालिकाले आगामी पुस १५ गतेबाट सात दिनसम्म दोलखाको सदरमुकाम चरीकोटका किबी महोत्सव हुने आयोजक समितिले जनाएको छ । मूल आयोजक समितिका अध्यक्ष एवम भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले नेपालमा दोलखा जिल्लाबाट उत्पादन सुरु गरिएको किविफल मानव स्वास्थ्यको लागि संजिबनी बुटी सरह भएकोले यसको महत्व लाई प्रचार प्रसारको लागि पहिलो पटक यो महोत्सव आयोजना गर्न लागेको बताए ।
आन्तारिक तथा बाह्य पर्यटक बढीभन्दा बढी भित्र्याई दोलखाको स्वादिलो किबी फल भरपूर खान दिई कोसेली पठाउने योजनाका साथ चरीकोटको सातदोबोटेबाट बजारका विभिन्न सडक पेटीमा सात दिनसम्म स्टल राखी भव्यरुपमा किबी महोत्सव बनाउने तयारी गरेको नगरप्रमुख केसीले बताए । जिल्लाका विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रतिनिधि, अगुवा नागरिक र पत्रकारहरु सम्मिलित आठवटा उपसमिति बनाई किबी महोत्सव भव्यरुपमा सम्पन्न गर्ने जनाइएको छ । काम सुरु गरिसकेको केसीले जानकारी दिए ।
स्टल/मञ्च तयारी समितिको संयोजकमा वडा नं ६ का अध्यक्ष नबिनकुमार लामा, प्रचार प्रसार समितिको संयोजकमा नगरप्रमुख भरत केसी, झाँकी -याली व्यवस्थापन समितिको संयोजकमा वडा नं ५ का अध्यक्ष रामचन्द्र बस्नेत, बजार सरसफाइ व्यवस्थापन समितिको संयोजकमा दावा कर्मा लामा, अतिथि सत्कार समितिको संयोजकमा उपप्रमुख कमला बस्नेत, स्वयंसेवक परिचालन समितिको संयोजकमा विपिन श्रेष्ठ, बजार श्रंगार समितिको संयोजकमा दोलखाका उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ र सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा निम्फा रहेको नगरपालिका कार्यालयका कर्मचारी अर्जुन लामाले जानकारी दिए ।
तत्कालीन जिल्ला विकास समिति र कृषि विकास कार्यालय दोलखाको अगुवाइमा जिल्लाको भीमेश्वर, जिरी, शैलुङ, गौरीशंकर, बिगु पालिका क्षेत्रहरुमा लामो समयदेखि व्यावसायिक रुपमा किबी फलको खेती गरिएको छ । गत वर्ष दोलखाका विभिन्न स्थानमा गरी ३५ हेक्टर क्षेत्रफलमा लगाइएको किबी १ सय ८५ मेट्रिक टन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ किबी जोनका अधिकृत महोन प्रसाद खतिवडाले जानकारी दिए ।
गत वर्ष किबी फलबाट जिल्लामा दुई करोडभन्दा माथि आम्दानी भएको खतिवडाले दाबी गरे । किबी फलका विशेषज्ञ श्याम खड्काले भने, ‘घाउलाई थप बिग्रिनबाट जोगाउँछ, भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किबीले एन्टी–अक्सिडेन्टको काम गर्ने हुँदा किबीको उत्पादन बढेको छ ।’
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया