पुल निर्माण भएको दुई वर्ष नपुग्दै भत्किन थाल्यो
उमेश दुबे
बारा, भदौ ३१
बारा जिल्लाको बरियारपुर अरुवा सडकमा पर्ने तियर खोला पुलको निर्माण भएको २ वर्ष नबित्दै भत्किन थालेको छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगञ्जअन्तर्गत निर्माण भइरहेको सडकमा पर्ने तियर खोला पुलमा कमसल समग्री प्रयोग भएको कारण भत्किन थालेको हो ।
चार करोड ४५ लाख ८० हजार एक सय ६९ रूपैयाँको लागतमा निर्माण भएको तियर खोला पुलमा ठेकेदार कम्पनी र सडक विभागको चरम लापरबाही भएको खुल्न आएको छ । तियर पुल निर्माणको लागि पप्पु मोना जेभीले ठेक्का सकार गरे पनि कमसल समग्री प्रयोग गरेको कारण भत्किन थालेको यात्रुहरू बताउँछन् । तियर पुल निर्माण भएको २ वर्ष भए पनि प्रयोगमा आएको मात्र एक वर्ष पूरा भएको छ ।
पप्पु मोना जेभीले निर्माण गरेको तियर पुलको ढलान फुटन थालिएको छ भने आउजाउ गर्ने यात्रीहरू दुर्घटनाको शिकार बन्न पुगेका छन् । तियर पुलको ढलान फुटेपछि फेरिएको रडका कारण दुईवटा दुर्घटना भएको यात्रुहरू बताउँछन् । ढलान फुुटेको र एप्रेच सडकका कारण दुईवटा दुर्घटना भएको हो ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगञ्ज र पप्पु मोना जेभीबीच २०६८ असार ३१ गते २०७० असार ३० गते काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले पटक–पटक म्याद थप गरी दुई वर्षअघि मात्रै पुलको निर्माण कार्य सम्पन्न भएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया