नेशनल लाइफद्वारा बढी अनुपातमा रहेको संस्थापक सेयर रूपान्तरण
काठमाडौँ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । संस्थाले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीले ३४ लाख ४० हजार तीन सय २३ दशमलव७३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो ।
सेयर रूपान्तरणपश्चात् कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ५५ः४५ कायम भएको छ । पछिल्लो पटक प्रतिकित्ता सात सय ८० रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण २४ अर्ब चार करोड ४४ लाख ८८ हजार दुुई सय ६० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने कम्पनीको एक सय रुपैयाँ अ्रंकित मूल्य कायम रहेको तीन अर्ब आठ करोड २६ लाख २६ हजार सात सय रुपैयाँबराबरको तीन करोड आठ लाख २६ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया