काठमाडौं, पुस १०
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले थप तीनवटा शाखा सुभारम्भ गरेको छ । कम्पनीले देशका सबै क्षेत्रमा बीमाको पहुँच विस्तार गर्ने क्रममा आफ्ना नयाँ तीन शाखा कार्यालयहरू सुर्खेत शाखा, टिकापुर उप–शाखा तथा अत्तरिया उप–शाखाहरूको शुभारम्भ गरी कारोबार सुरु गरेको हो । सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरूको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेबाट यही पौष ७ र ८ गतेका दिन भएको थियो ।
कार्यक्रममा अध्यक्ष डा. घिमिरेले कम्पनीको आफनो अरु शाखाहरू विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरूका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका विभिन्न स्थानहरूमा भएका शाखा विस्तारबाट आफू हर्षित भएको बताए । यस क्षेत्रका बासिन्दाहरूलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत उनले आग्रह गरे । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख व्यवसाय अधिकृतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पु-याउने उद्देश्यसहित कम्पनीको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरूमा कम्पनीले आवश्यकताअनुरूप देशैभरि थप शाखाहरू विस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ६० करोड रूपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया