कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान
काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही असोज २९ गते १२औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । बैंकले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार करोड ९७ लाख २० हजार एक सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन करोड ६५ लाख ५० हजार एक सय ९५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा २९ करोड ६४ लाख २० हजार नौ सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ३१ करोड ३० लाख ३१ हजार चार सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ३८ लाख ३० हजानर छ सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव २३ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवजधिमा संस्थाले १८ करोड ८५ लख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड १३ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १४ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा २९ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया