हलेसीलाई प्रदेश राजधानीसँग जोड्ने सडकको शुभारम्भ
खोटाड. ।
हलेसीलाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडक हलेसी, धितुङ, भाँडबेँसी हुँदै रेग्मीटार–गाईघाट पुग्ने सडकको शुभारम्भ भएको छ । भाँडबेँसीमा एक कार्यक्रमका बीच हलेसी तुवाचुङ नगरपालिकाका मेयर, उपमेयरको उपस्थितिमा ९९ वर्षीया तुलसा बुढाथोकीबाट उक्त सडकको आइतबार शुभारम्भ भएको हो ।
लामो समयको प्रतीक्षापछि उक्त सडक सञ्चालनमा आएको छ । सडक संचालनपछि यस क्षेत्रका बासिन्दाले तराईलगायत प्रदेश राजधानी जान घुर्मी–कटारी घुमिरहनु पर्नेछैन । साथै तराईको बाटो हुँदै हलेसी आउने तीर्थयात्रीहरू पनि छोटो बाटोबाट छिटै आइपुग्नेछन् । छोटो बाटोबाट ढुवानी गर्दा खाद्यलगायत उपभोग्य वस्तु सस्तो हुनुका साथै स्वास्थ्य समस्या पर्दा समेत सहज हुनेभएको छ ।
सडक सञ्चालनमा आएपछि खुसी व्यक्त गर्दै उपमेयर विमला राइले भनिन्, ’सडकसँग समृध्दि जोडिएको हुन्छ । उर्वर भूमी भएकाले यहाँको कृषिलाई आधुनिकीकरण गरी स्थानीय जनजीवनलाई आम्दानीसँग प्रत्यक्षरूपमा जोड्नेछौँ । यहाँको उखु, लिची, केरा, माछापलनलगायत स्थानीय उत्पादनलाई बढवा गरी व्यवसायिकतातर्फ अगाडि बढाइनेछ ।’
अहिलेसम्म विकासको हिसाबले पछिपरेको भाँडबेँसी तराईबाट हलेसी छिर्ने प्रमुख नाका भएकाले नगरपालिकाले सम्पूर्ण विकासको नमूनाको रूपमा विकास गर्ने योजना बनएको छ । विद्युत् वितरणको लागि काम अन्तिम चरणमा पुगेको छ भने सिँचाइको लागि लिफ्टिङको समेत तयारी गरिएको उपमेयर राईले बताइन् ।कार्यक्रममा खोटाङ यातायात सेवाका कार्यवाहक अध्यक्ष टेकेन्द्र राई, महासचिव राम हिम्वाङलगायत स्थानीय नेता तथा बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
- राष्ट्रिय वाणिज्य बैंकको सिइओमा खनाल
- दर्जन बढी बस्तीमा खानेपानी समस्या
- अपदस्त राजा ज्ञानेन्द्र सिंगापुर जाने तयारी
- अपदस्त राजा ज्ञानेन्द्रलाई भेट्न हरिद्वारका पिठाधिस गिरी नेपाल आउँदै
- सीता एअरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया