व्यक्तिगत आवास र घरजग्गामा मात्र बैंकहरुको झण्डै चार खर्ब रुपैयाँ कर्जा
काठमाडौं ।
व्यक्तिगत आवास निर्माण अर्थात् पर्सनल होम लोन र घरजग्गा क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले चार खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास निर्माण र घरजग्गा क्षेत्रमा मात्र चार खर्ब १४ अर्ब पाँच करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा व्यक्तिगत आवास निर्माणमा दुई खर्ब ५४ अर्ब १४ करोड ४० लाख र घरजग्गा क्षेत्रमा एक खर्ब ५९ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको थियो भने कुल कर्जा रकम ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको थियो ।
वाणिज्य बैंकहरुले मात्र भने चालू आवको भदौ मसान्तसम्ममा व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा तीन खर्ब ४८ अर्ब २१ करोडठ रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये व्यक्तिगत आवासमा दुई खर्ब नौ अर्ब ८८ करोड ६० लाख र घरजग्गामा एक खर्ब ३८ अर्ब ३२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ३५ खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले भने व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा झण्डै ५० अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवको भदौ मसान्तसम्ममा विकास बैंकहरुले व्यक्तिगत आवास क्षेत्रमा ३५ अर्ब ४८ करोड ४० लाख र घरजगा क्षेत्रमा १४ अर्ब ६७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुले कुल तीन खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ९५ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको भदौ मसान्तसम्ममा व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा झण्डै १५ अर्ब ६८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये व्यक्तिगत आवासमा मात्र आठ अर्ब ७९ करोड ३० लाख र घरजग्गा क्षेत्रमा छ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया