गुराँस लाइफको १०औं वार्षिक साधारणसभा
काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार सञ्चालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरिक्षको प्रतिवेदनसहित २०७५ साल आषाढ मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवा हविवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्तावअन्तर्गत आव ०७४/०७५ को मुनाफाबाट जारी पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजारको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै १०औं वार्षिक साधारणसभाबाट आगामी चारवर्षे कार्यकालको लागि संस्थापक सेयरधनीहरूको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको एक सय ६२औं बैठकले विवेक दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया