हुवावेलाई नयाँ वर्ष कठिन, २०१९ को आम्दानी १८ प्रतिशतले बढ्ने
शांघाई, पुस १६
स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेले चालू वर्षको आम्दानी १८ प्रतिशतले बढ्ने बताएको छ । उक्त दरमा आम्दानी बढेर यो वर्ष कम्पनीले १ खर्ब २१ अर्ब अमेरिकी डलर पुग्ने मंगलबार बताएको हो । यो अनुमान पूर्वानुमानभन्दा कम हो । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेका कारण आम्दानी अनुमान घटेको बताइएको छ ।
विश्वकै ठूलो दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी स्मार्टफोनका लागि विश्वकै दोस्रो उत्पादक समेत हो । तर गत मे महिनामा अमेरिकाले कम्पनीलाई कालोसूचीमा राख्दै अमेरिकी कम्पनीसँग कारोबार गर्न रोकेपछि त्यसले कम्पनीलाई प्रभाव पारिरहेको छ । सोही कारण अमेरिकी कम्पनी गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुवावेका नयाँ स्मार्टफोनमा उपलब्ध छैन ।
अमेरिकी सरकारले हुवावेका सामग्रीले अमेरिकी राष्ट्रिय सुरक्षामा असर गर्ने दाबी गर्दै आएको छ । खासगरी हुवावेको सामग्रीबाट चीनले जासुसी गरिरहेको आरोप लाग्दै आएको छ । हुवावेका एक प्रमुख एरिक सुले नयाँ वर्षको सन्देश कर्मचारीलाई दिने क्रममा नयाँ वर्ष कम्पनीका लागि कठिन वर्ष भएको बताएका हुन् । कम्पनीले चालू वर्षमा १८ प्रतिशतले आम्दानी वृद्धि हुने बताएको छ । जुन सन् २०१८ को भन्दा कम हो । गत वर्ष कम्पनीको आम्दानी १९.५ प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया