Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा टेस्लाको पहिलो कार

चीनमा टेस्लाको पहिलो कार


बेइजिङ, पुस १६
अमेरिकी कम्पनी टेस्लाले चीनमा बनेको पहिलो कार डेलिभर गरेको छ । विद्युतीय सवारीसाधन निर्माता कम्पनीले यसलाई कोशेढुंगा पार गरेको संज्ञा दिएको छ । शांघाईनजिकै रहेको गिगाफ्याक्ट्रीमा निर्माण भएको कम्पनीको पहिलो कार फिप्टिन मोडल ३ सेडान डेलिभर गरेको हो । विश्वकै ठूलो कार बजारमा प्रभुत्व जमाउने लक्ष्यसहित कम्पनीका प्रमुख एलन मस्कले चीनमै कार कारखाना निर्माण गरेका थिए । अमेरिका र चीनबीच व्यापार युद्धको कारण कतिपय कम्पनीले चीन छोडिरहेका बेला टेस्लाले चीनमा कारखाना नै निर्माण गरेको छ ।

उक्त कारखानामा कम्पनीले अर्बौँ डलर लगानी गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई मागबमोजिम १५ वटा कार डेलिभर गरेको हो । कारखाना निर्माणको एक वर्षमै कम्पनीले कार उत्पादन थालेर व्यवसाय सुरु गरेको हो । टेस्लाको मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । कम्पनीले नयाँ वर्षदेखि मागबमोजिमको कार डेलिभरी गर्ने जनाएको छ । चीनमा बनेको कम्पनीको मोडल ३ को मूल्य ५० हजार अमेरिकी डलर रहेको छ ।

कम्पनीले स्थानीय कम्पनीहरु एनआईओ, सपेंग मोटर्स, बीएमडब्ल्यू, मर्सिडिज बेन्जजस्ता चर्चित विश्व कम्पनीहरुसँग समेत चीनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । टेस्लाले चीनमा बनेका आफ्ना कार अमेरिका निर्यातको कुनै योजना बनाएको छैन । यसअघि कम्पनीले अमेरिकामा बनेका कार भने चीन निर्यात गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x