सिद्धार्थ इन्स्योरेन्सको घुम्ती बीमा सेवा
काठमाडौं, पुस १७
सिद्धार्थ इन्स्योरेन्सले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले गण्डकी प्रदेशको रूपाकोट गाउँ पालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहको बीच सुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमा सेवाको उद्घाटन गरेका हुुन् । कार्यक्रममा अध्यक्ष चापागाईले घुुम्ती बीमाको माध्यामबाट सहजरूपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभको लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुनेहुँदा यसतर्फ ध्यान दिन आग्रह गरे ।
गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ तथा नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्देश्य, महत्व र यसबाट हुने फाइदाहरूको बारेमा जानकारी दिएका दिँदै घुम्ती सेवामार्फत घरदैलोबाटै बीमा सेवा लिन आग्रह गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया