दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन
काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरूलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरूको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरुयोजना निर्माण भए मन्त्रालयमा पेस गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरे ।
विकास समितिहरूलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना रहेको बताउँदै उनले महिनादिनभित्र सुझाव दिन सबैलाई आग्रह गरे । उनले विकास समितिहरूले मितव्ययिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा व्यवस्थित गरी लेखापरीक्षण अनिवार्य गर्न तथा बेरुजु फछ्र्यौट गर्नतर्फ लाग्न समेत निर्देशन दिए । धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहको समन्वय गरेर धार्मिक स्थलहरूलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्न उनले आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौँ, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुर, बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरूको सहभागिता रहेको थियो ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूको शवलाई निःशुल्क सदगत गर्नेगरी उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । असाहाय जीवनयापन गरी कुनै कारणवश मृत्यु हुनगई लामो समय आफन्तहरू सम्पर्कमा आउन नसकेको कारण अस्पताल तथा अन्य क्षेत्रहरूमा बेवारिसे रहेका शवहरूको सद्गत तथा व्यवस्थापन गर्न मन्त्रालयले कोषलाई निर्देशन दिएको हो ।
मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी बेवारिसे शवका सम्बन्धमा सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सम्बन्धित अस्पताल आदिबाट प्रमाणित काजगाई लिई त्यसको अभिलेख राख्न भनेको छ । साथै, तथा उक्त काम गर्न थप बजेट आवश्यक पर्ने भएमा कार्यविधि निर्माण गरी पशुपति क्षेत्र विकास समितिको बोर्ड/सञ्चालक समितिमा पेस गर्न उपसचिव दुर्गाप्रसाद भुर्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया