स्वास्थ्यकर्मीले अझै पाएनन् कोरोना भत्ता
दोलखा ।
दोलखाको जिरी नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिममा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई कोरोना भत्ता नदिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । जिल्ला अस्पताल जिरीका स्वास्थ्यकर्मी र कर्मचारीले नगरपालिकाले आफूहरूको नाममा सरकारले दिएको कोरोना भत्ता हालसम्म नदिएको भन्दै सोमबार अस्पतालअगाडि आन्दोलन गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले जिरी नगरपालिकाले कोरोना भत्ता गैरस्वास्थ्यकर्मीलाई दिएको आरोप लगाएका छन् । नगरपालिकामा कोरोना भत्ता पाउन भन्दै पटक–पटक निवेदन दिँदा समेत कुनै सुनवाइ नभएपछि आन्दोलनमा उत्रिन परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । नेपाल सरकारले जारी गरेको निर्देशिकाअनुसार जिरी अस्पताले आर्थिक वर्ष २०७६/७७ को जेठमा जिरी नगरपालिकासमक्ष भत्ता उपलब्ध गराउन निवेदन पत्र दिएको थियो ।
आर्थिक वर्षको मसान्तसम्म पनि भत्ता उपलब्ध नगराएको भन्दै असारमा स्वास्थ्यकर्मीले पालैपालो नगरपालिका निवेदन दिएर भत्ता माग गरेका थिए । नगरपालिकाले स्वास्थ्यकर्मीको निवेदनको कुनै सुनवाइ नगरेको तथा गुपचुप ढंगले केही कर्मचारीलाई मात्रै भत्ता दिएको पाइएपछि आफूहरूले आन्दोलन गर्नुपरेको एक स्वास्थ्यकर्मीले बताए ।
नगरपालिकाले कोरोनाको नाममा उपलब्ध भएको स्वास्थ्यकर्मीको भत्ता तत्काल अस्पताललाई उपलब्ध नगराए अस्पतालका सम्पूर्ण सेवा रोकेर थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । नगरपालिकालाई स्वास्थ्यकर्मीहरूले यसअघि मंसिर २५ गते ३ दिनभित्र भत्ता उपलब्ध नगराए नगरपालिकाविरुद्ध आन्दोलन गर्ने निवेदन दिएका थिए ।
साथै अस्पतालले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई आएको भत्ता अनियमितता भएको भन्दै तत्काल स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन नगरपालिकालाई आगह गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया