‘फोर्ड विन्टर फेष्ट’ योजना सार्वजनिक
काठमाडौँ ।
फोर्ड गाडीको नेपालको लागि आधिकारिक बिक्रेता जी.ओ.अटोमोबाइल्स प्रालि (जी.ओ.)ले क्रिसमसको उपलक्ष्यमा लबिम मलसँग सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाँड्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ सँस्करण गाडी २०२० मूल्यमा बुकिङको व्यवस्था पनि गरिएको छ ।
कम्पनीका अनुसार ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपालि अलि फरक किसिमको सान्तासँग अन्तक्र्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्नेछ । साथै सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ ।
फोर्ड बिक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा बुकिङको पनि व्यवस्था गरिएको छ । कम्पनीको डिजिटल प्रचारअन्तर्गत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एलजीटी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट)मा ह्यासट्याग फोर्ड विन्टर फेष्ट, फोर्ड नेपाल, लबिम मल पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । यस प्रतिस्पर्धाको विजेताले फोर्डबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया