काठमाडौं ।
वाणिज्य बैंकहरूको छाता संगठन बैंकर एसोसिएसनको रिक्त रहेको उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध भएका छन् । संघको रिक्त रहेको तीन पदमा पदाधिकारी निर्विरोधरूपमा चयन भएका हुुन् ।
संघका अनुसार नेपाल एसबीआई बैंकबाट अनुकूल भटनागर बाहिरिएपछि उपाध्यक्ष पद खाली रहेको थियो । बहालवाला बैंकर मात्र कार्य समितिमा हुने संघको विधानमा व्यवस्था भएपछि उक्त पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय निर्विरोधरूपमा चयन भएका हुन् । रिक्त रहेको अन्य दुईवटा पदमा भने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे निर्विरोधरूपमा चयन भएका छन् ।
संघका अनुसार माछापुच्छेबाट सुमन शर्मा बाहिरिएपछि एक सदस्य पद रिक्त थियो भने यसैपाली सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि त्यहाँ माछापुच्छ्रे प्रमुख कार्यकारी अधिकृृत कोइराला चयन भएका हुन् । संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया