Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सहुलियत कर्जाको लागि सम्झौता

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सहुलियत कर्जाको लागि सम्झौता


काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालकाबीच सम्झौता भएको छ । बैंकले सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौतापश्चात् रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिनेछ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्नसक्ने उमेर, जोस जाँगर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

विदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचितन हुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न यस सम्झौताले सहज पार्नेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरूको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरि छरिएका एक सय नौवटा शाखाहरूबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय छवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९)को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङएपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न इस्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ । यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया