कृषिको व्यवसायीकरणका लागि सहकारी उपयुक्त माध्यम
वागलुड. ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन् । बाग्लुङ नगरपालिका वडा नं. ८ सिगानास्थित गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको बुधवार उद्घाटन गर्दै उनले सहकारीमार्फत कृषकहरुलाई कृषिसम्बन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रित गराउने बताए । साथै उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नुपर्नेमा उनको जोड थियो ।
कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नुपर्ने उनले बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले कृषिको व्यवसायीकरणका लागि कृषिसम्बन्धी प्राविधिक ज्ञानको आवश्यकतामा जोड दिए । ‘ज्ञान भएन भने उत्पादन बढाउन गाह्रो हुन्छ’, प्रमुख भट्टराईले भने, ‘कृषकलाई प्राविधिक ज्ञान दिनका लागि कृषि ज्ञान केन्द्र सदैव तयार छ ।’ बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन) ले वडा कार्यालयले व्यावसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई सहयोग गर्दै आएको बताए ।
संस्थाले सुन्तला, तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रित गराउनुका साथै सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको छ । कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खड्काले बताए । साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिल बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया