तरलता अभावको समस्यालाई समाधान गर्न तरलता व्यवस्थापन कोष
काठमाडौं ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले सहकारी संघ संस्थाहरूमा देखिएको तरलता अभावको समस्यालाई समाधान गर्न तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लागू गरेको जनाएको छ । संघको आठौँ वार्षिक साधारणसभामा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरूमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालीन समस्यालाई मध्यनजर गर्दै तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लागू गरेको बताए ।
संघले बहुउद्देश्यीय सहकारीहरूको उन्नयनको लागि थप कार्ययोजना ल्याउने तयारी गरिरहेको समेत उनले जानकारी दिए । अल्पकालीन र दीर्घकालीन कार्ययोजनाबारे जानकारी गराउँदै उनले सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र गरिबी निवारणसम्बन्धी सूचना प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको बताए । पछिल्लो समय मुलुकमा भइरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने तयारी समेत गरेको उनको भनाइ थियो । देशभर रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई सबल बनाउन संघले वर्षभरि विविध कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
बहुउद्देश्यीय संघमा तीन सय ३९ संघसंस्था आबद्ध रहेका छन् । अध्यक्ष भण्डारीले संघले ४ वर्षे रणनीतिक योजनाअन्तर्गत तय गरेका लक्ष कार्यान्वयन गर्न ५ वर्षे व्यावसायिक योजना २०७७–२०८१ तयार गरेको समेत जानकारी दिए । कार्यक्रममा संघ उपाध्यक्ष नारायणभक्त श्रेष्ठले साधारणसभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । सभामा राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समिति सदस्य पदमा मनोनयन भएका संघका अध्यक्ष भण्डारीलाई प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले अध्यक्ष भण्डारीलाई तथा २ वर्षे कार्यकालका लागि बोर्डमा मनोनयन गरेको थियो । साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेट, तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी आन्तरिक नीति तथा कार्यविधि, संघको ऋण र कर्जा लगानी तथा असुलीसम्बन्धी विनियमावली संशोधित मस्यौदा पारित गरेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया