काठमाडौं ।
जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिक्री सुरु गरेको छ । उक्त चामल बिहीबारदेखि काठमाडौँमा बिक्रीवितरण सुरु गरिएको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट दुई सय ७० क्विन्टल खरिद गरेर काठमाडौँ उपत्यकाकामा पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण सुरु गरेको जनाएको छ ।
मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म दुई सय ६८ किलो बिक्री भएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार बिहीबार ९३ किलो, शुक्रबार एक सय ४४ किलो र आइतबार एक सय ३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामलजस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताइन् ।
खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ । यसैगरी बन्दाबन्दीका समयबाट सुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो मार्सी चामल दुई सय २५ रूपैयाँमा बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरिदको प्रक्रिया सुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो एक सय दुई रूपैयाँ ५० पैसा तथा चामल प्रतिकिलो एक सय ६२ रूपैयाँ ५० पैसा निर्धारण गरेको छ ।
धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा कृषिज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायतको समिति बनाएको छ । कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया