काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । महासंघ सचिवालयमा बुधबार आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच सहकार्य गर्ने सहमति भएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा आएको मिडिया एलाएन्सको प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने समेत सहमति भएको छ ।
उक्त कार्यदलले दुवै क्षेत्र अर्थात् उद्योग व्यवसाय र मिडिया क्षेत्रका मूलमुद्दाहरूको पहिचान गरी एकअर्कामा सहयोग गर्ने, संस्थागत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवर्द्धनलगायतका विषयमा काम गर्नेछ भने सो सम्बन्धमा दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।
बैठकमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कंडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाईं, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया