गेटवे पेमेन्ट सर्भिसलाई भुक्तानी प्रणाली सञ्चालक अनुमति
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गेटवे पेमेन्ट सर्भिस प्रालिलाई ‘भुक्तानी प्रणाली सञ्चालक’ सञ्चालनको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले बुधबार उक्त अनुमति दिएको हो । अनुमतिको पत्र दिएपछि कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथग्रहण गराएका थिए ।
सो कार्यक्रममा प्रधानले आगामी दिनमा कम्पनीले विभिन्न माध्यमबाट नेपालमा सरलरूपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाई नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित वस्तु तथा सेवाहरू सर्वसुलभरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न सहयोग पु-याउने विश्वास व्यक्त गरे ।
साथै उनले व्यवसायीहरूलाई आत्मनिर्भर गराउने र देशको अर्थतन्त्रमा आर्थिक टेवा पुग्छ भन्दै कम्पनीले नेपालमा विभिन्न देशहरूबाट भुक्तानी ल्याउनको लागि एनआईसी एसिया बैंक लिमिटेडसँग सहकार्य गरी कम्पनीको दूरदृष्टि र लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कम्पनी सञ्चालनमा ल्याउन विशेषरूपमा सहयोग पु-याउने सम्पूर्ण सेयरधनीहरू, शुभचिन्तकहरू, नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा नियमनकारी निकायहरूलाई प्रधानले कम्पनीको तर्फबाट धन्यवाद दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया