भान्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ
जनकपुर ।
आफ्नै भाञ्जा अपहरण गरेर एक करोड फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी दासलाई सार्वजनिक गरेको छ । महोत्तरीको साबिक दनौली–७ र अहिलेको पिपरा गाउँपालिका–७ घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने दासले नाबालक भान्जालाई आफ्नै कोठामा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले बालकलाई सकुशल उद्धार गरेको जनाएको छ ।
फोन गरी फिरौती माग गर्ने नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । शनिबार दिउँसो १ बजेदेखि बालक हराएका थिए । हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा दासले मोबाइलबाट फोन गरी बालकको आमासँग एक करोड रूपैयाँ फिरौती रकम माग गरेका थिए । अपहरणकारीले फिरौती रकम माग गरेको बारेमा बालकका अभिभावकले सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषालाई खबर गरेपछि प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।
प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न बालकका मामासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया