आईएई नेपालको अध्यक्षमा तण्डुकार निर्वाचित
काठमाडौं ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । आईएई नेपालको शुक्रबार सम्पन्न तेस्रो साधारणसभाले तण्डुकारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सहकोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् । आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् । नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कशपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।
कार्यक्रममा विभिन्न वक्ताहरुले सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेशालाई व्यवस्थित ढंगले अगाडि बढाउनमा आईएईले नेतृत्व गर्ने र यसमा विभिन्न कम्पनीका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सबै सम्भव हुने धारणा राखेका थिए । साथै सहभागीहरुले अटोमोटिभ इन्जिनियरहरुले नेपाली सडकलाई सुरक्षित राख्नका लागि खेल्नुपर्ने भूमिका र आफूहरुले गर्नसक्ने सहयोगबारे चर्चा समेत गरेका थिए ।
आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । त्यसैगरी अन्य विभिन्न संस्थासँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ । आईएईले रोड साइड असिस्टेन्ट सर्भिसको लागि टविङ ट्रक सञ्चालन गरेको छ । जसले बाटोभन्दा बाहिर फसेको, बिग्रेको तथा दुर्घटना भएको गाडीलाई सजिलैसँग निकालेर सेवाग्राहीले चाहेको स्थानमा पु-याउने गर्छ ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल, नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डष्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेशागत संस्था हो । यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, युएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोनजस्ता संघ र महासंघसँग समेत विगत लामो समयदेखि सहकार्य गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया