अमेरिकी सेनाको खर्च दक्षिण कोरियाले व्यहोर्ने
सोल ।
दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । एएफपीका अनुसार यी दुवै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिएका थिए । आणविक हतियारधारी उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षित राख्न अमेरिकाले हाल २८ हजार पाँच सय सैनिक तैनाथ राखेको छ । उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामाथि धावा बोल्नुका साथै केही समय नियन्त्रणमा लिएको थियो ।
पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले सैनिक बन्दोबस्तका लागि दक्षिण कोरियाले वार्षिक पाँच अर्ब डलर बुझाउनुपर्ने कडा शर्त राख्दै आएको थियो । यो रकमवृद्धि झण्डै पाँच गुणा बढी हो । सन् २०१९ मा समाप्त भएको विगतकै सम्झौता बमोजिम दक्षिण कोरियाले वार्षिक ९२ करोड डलर भुक्तानी गरिरहेको छ । कोरियाली विदेश मन्त्रालयले दुबै मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको जनाएको छ, तर रकमका बारेमा केही उल्लेख छैन ।
अमेरिकासँग भएको सम्झौतालाई दक्षिण कोरियाली संसदले अनुमोदन गर्नु पर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया, चीन, इरान र उत्तर कोरियाबाट सिर्जित चुनौतीसँग लड्न अमेरिकाका पूर्ववर्ती साझेदार मुलुकहरुसँगको सम्बन्ध पुनर्जीवित गर्ने यसअघि नै बताइसकेका छन् ।
अमेरिकी विदेश मन्त्रालयबाट गरिएको ट्वीटमा पनि अमेरिकी गठबन्धनलाई अझ सुदृढ गरिने उल्लेख गरिएको छ । तर ट्विटमा दक्षिण कोरियाले कति रकम अमेरिकालाई भुक्तानी गर्दैछ भन्ने उल्लेख गरिएको छैन । सम्झौता भएलगत्तै सोमबारदेखि नै वार्षिक संयुक्त सैन्य अभ्यास सुरु भएको छ । तर कोरोनाभाइरस महामारीका कारण यस सैन्य अभ्यासलाई सानो बनाइएको छ, र व्यापक सैन्य उपस्थिति र भारी हातहतियार रहनेछैनन् । दक्षिण कोरियाका प्रधान सेनापतिले अमेरिका र कोरियाली सैन्यबीच कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अभ्यास हुनलागेको जानकारी दिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
- प्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल
- हिमालयन सेक्युरिटिजको कारोबार सुरु
- जापानमा रोजगारीको उपलब्धता घट्यो
- एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
- सरकारी खर्च कार्यान्वयनका समस्या
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया