बाँके ।
बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले नरैनापुर गाउँपालिकाका अग्नीपीडितलाई सहयोग प्रदान गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिका १ सुइयामा भएको आगलागीका पीडितहरूलाई उनले आर्थिक सहयोग गरेका हुन् । शुक्रबार अग्नीपीडितलाई भेट्न सुइया पुगेका उनले आफ्नो पारिश्रमिक कटाएर २२ घरपरिवारलाई पाँच हजारका दरले एक लाख १० हजार सहयोग उपलब्ध गराएका हुन् ।
साथै उनले पीडितहरूको परिवारका लागि घर निर्माणको पहल थालेको जानकारी समेत गराए । सुरक्षित नागरिक आवास कार्यक्रम बाँके क्षेत्र नं. १ का संयोजक समेत रहेका उनले अग्नीपीडितका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि प्रतिघरपरिवार ५० हजारका दरले नगद उपलब्ध गराउने बताए । साथै घर निर्माणका लागि आवश्यक झ्याल, ढोका जिल्ला आपूर्ति समितिमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया