नेपालकै ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको खेतीको सुरुवात
कञ्चनपुर ।
कञ्चनपुरमा पहिलो पटक ड्रागन फ्रुटको खेती सुरु गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ मटेनास्थित छ बिघा वञ्जड जमिन भाडामा लिएर ज्ञानेन्द्र महता र रमेशबहादुर चन्दले ड्रागन खेती सुरु गरेका हुन् ।
उनीहरूले १० वर्षका लागि प्रतिबिघा ३५ हजारका दरले जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा थाइल्याण्ड, लाओसलगायतका देशबाट ल्याएको झण्डै २८ हजार आठ सयवटा बिरुवा रोपेका छन् । मंसिरमा खेती सुरु गरेका उनीहरूले चार बिरुवाका लागि सिमेन्टको एक पोल समेत गाडेको जानकारी दिए ।
लकडाउनका बेला केही गर्नुपर्छ भन्ने सोचका साथ वेस्टर्न मल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरेर ड्रागन खेतीमा लागेका उनीहरूले बताए । नेपालको अन्य ठाउँमा आफूहरूले खेती गरेको क्षेत्रफल जति ठूलो परिमाणमा खेती नगरिएको उनीहरूको भनाइ छ । वेस्टर्न मल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले उत्तरी भेगमा ड्रागनको सम्भावना भएकाले नै त्यसको खेतीमा लागेको बताए । ‘
पहिला हामीलाई केही थाह थिएन’, उनले भने, ‘बिस्तारै विज्ञसँग परामर्स गरेर खेती ग-यौँ । अब हामी वास्तविक कृषि क्रान्तिमा जुटेका छौँ ।’ देशमा रहेका तीनै सरकारबाट कुनै अनुदान एवं सहयोग नपाएकोमा भने उनले गुनासो गरे । उनका अनुसार हाल प्रालिमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन । फलफूल बिक्री गर्दासम्म ५० र बजारमा गइसकेपछि अप्रत्यक्षरूपमा तीन सयले रोजगारी पाउने बताए । हालसम्म तीन सय जनाले खेतीको अवलोकन गरेकाले फल लागेपछि थप पर्यटक समेत आउने अपेक्षा राखे ।
वेस्टर्न मल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले हालसम्म दुई करोड लगानी लागेको बताए । उनका अनुसार ५० लाख सेयर सदस्य र बाँकी बैंक तथा वित्तीय सहकारी संस्थाबाट लगानी लागेको बताए । ‘सुरुमा बढी लगानी लागे पनि पछि त्यसको प्रतिफल पाइन्छ’, उनले भने, ‘दुई वर्षपछि मात्रै लगानी असुल हुन्छ ।’ खेतीका लागि अझै क्षेत्रफल विस्तार गरिने उनको भनाइ छ । ‘
ड्रागनखेती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ’, उनले भने, ‘यसलाई हामी कृषि पर्यटनका रूपमा पनि विकास गछौँ ।’ साथै उनले सबै स्थानीयलाई यो खेती गर्न समेत आग्रह गरेका छन् । सिञ्चाइ, कीटनाशक औषधिको अभावले ड्रागन खेतीमा चुनौती भने रहेको उनको भनाइ छ । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले कृषि क्षेत्रमा गरिएको प्रयास राम्रो भएको बताए । वडाध्यक्ष नाथले नयाँ सोच विचारका साथ गरिएको खेतीले कृषिको आधुनिकीकरण हुने बताए । ड्रागन खेती क्षेत्रमा सिञ्चाइका लागि पोखरी समेत निर्माण गरिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया