मेगा बैंकाद्वारा गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोस्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरूलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ । इच्छुक कृषकहरूले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउनेछ ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरूको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मदत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया