निर्जीवन बीमा व्यवसायी संघका साधारणसभा
काठमाडौं ।
नेपालका निर्जीवन बीमा कम्पनीहरूको लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले यही चैत छ गते नयाँ बानेश्वरको होटल एभरेष्टमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड–१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बीमा कम्पनीहरूको अवस्था, बीमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरूको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको विकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरू दिएको संघले जनाएको छ ।
सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराई उक्त विवरणहरू पारित गरियो । यस संस्थामा बीमा कम्पनीहरूका अध्यक्ष वा सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया