Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालको ग्रिड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा जीईलाई

नेपालको ग्रिड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा जीईलाई


काठमाडौं ।
जीई रिन्युएबल इनर्जिज ग्रिड सोलुसन्स बिजनेस (एनवाईएसईजीई)ले नेपालमा तीनवटा चार सय किलो भोल्टको ग्यास इन्सुलेटेड सबस्टेसनहरु (जीआईएस) निर्माणको ठेक्का प्राप्त गरेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको यो अर्बौैं रुपैयाँको विद्युत् प्रसारण एवं वितरण परियोजना एसियाली विकास बैंक र नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गतको आयोजना हो । यस आयोजनाको लक्ष्य देशको ग्रिड प्रणालीमा करिब एक हजार मेगावाट (एमडब्लु) नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत् प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घर परिवारलाई बिजुलीको पहुँचमा ल्याउने रहेको छ ।

जीईले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित तीनवटा ग्यास–इन्सुलेटेड सबस्टेसनहरु (जीआईएस) स्तरोन्नति गर्नेसम्बन्धी ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जानकारी गराएको हो । यी आधुनिक सबस्टेसनहरुले नेपालको राजधानी काठमाडौंभन्दा बाहिर रहेका लाखौँ घर परिवारहरु जसले अहिलेसम्म बिजुलीको उपभोग गर्न नपाई अँध्यारोमा जीवन बिताउनुपरिरहेको छ, उनीहरुलाई विना अवरोध हाइड्रो ऊर्जा उपभोग गर्ने अवसर प्रदान गर्नेछन् । नेपाल विद्युत् प्राधिकरणद्वारा जीईद्वारा प्रस्तुत प्रस्तावउपर स्वीकृति प्रदान गरेको हो ।

जीईले स्तरोन्नति गर्ने जिम्मा पाएको तीनवटा जीआईएस सबस्टेसनहरुको क्षमता २२० किलो भोल्ट (केभी) बाट ४४० किलो भोल्ट(केभी) बनाउने रहेको छ, जुन नेपाल दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो । यस आयोजनाले नेपाललाई छिमेकी मुलुकहरुसँग बढी भएको बिजुलीको व्यापार गर्न पनि समर्थ बनाउनेछ ।

परियोजनाको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्नेछ र लगानी एसियाली विकास बैंक र नेपाल सरकारको रहनेछ । यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने लक्ष्यलाई पूरा गर्ने एक महत्वपूर्ण कदम भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक हितेन्द्र देव शाक्यले बताए । हिउँदको याममा हुने बिजुली अभावको कारण नेपालले वर्षौंसम्म लोडसेडिङ्गको चर्को मार खेप्नुपरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले बितेका वर्षहरुमा देशको विद्युतीय ऊर्जाको क्षेत्रमा उलेख्य सुधार गरेको छ । यद्यपि, बिजुली उत्पादन स्थलदेखि भारवहन केन्द्रहरुसम्म अवरोधरहित र सहज विद्युत् आपूर्तिका लागि प्रसारण प्रणालीको क्षमता निरन्तर बढाउन जरुरी हुन्छ । सन् २०१६ मा नेपाल सरकारले आगामी दश वर्षभित्र १० हजार मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने र बढी भएका बिजुली छिमेकी मित्रराष्ट्रहरुमा बिक्री गर्ने योजना अघि बएको थियो ।

जीइज् ग्रिड सोलुसन्स दक्षिण एसियाका सभापति तथा सीईओ पिताम्बर शिवनानीले विश्वभरका ९० प्रतिशतभन्दा बढी विद्युतीय उपकरणहरु जीइको ग्रिड प्रविधिका साथ जडित रहेको बताए । जीईको ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधि विश्वकै सबैभन्दा आधुनिक सबस्टेसन प्रविधिमध्येको एक हो ।

स्थापनाको लागि एयर इन्सुलेटेड सबस्टेसन (एआईएस) को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ । नेपालको यो स्तरोन्नति आयोजनाको लागि आवश्यक सम्पूर्ण उपकरणहरु जीईको ग्रिड सोलुसन्सको अत्याधुनिक नवीनतम प्रविधिको कारखानामा उत्पादन गरिनेछन् । त्यहीँबाट आपूर्ति पनि गराइनेछ । यी कारखानाहरु भारतको पडाप्पाइ, होसुर, नोएडा र पल्लवरममा अवस्थित छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया