ग्लोबल एनआरएन सिंगिङ आइडलका लागि ६० जना छानिए
काठमाडौं ।
ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिस्पर्धामा भाग लिनका लागि भिडियो पठाएका दुई सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् ।
छवटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो । ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिस्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको बताए । साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् । प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्युजिक ट्र्याकमा गीत गाउनेछन् । विश्वभरबाट डिजिटल अडिसनमार्फत भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनौट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया