कोरोना संक्रमणका कारण पूर्वबैंकर श्रेष्ठको निधन
काठमाडौं ।
पूर्वबैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ । मंगलबार राति ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो । केही समयदेखि संक्रमण भएपछि श्रेष्ठ अस्पताल भर्ना भएका थिए । बीचमा उनलाई केही सन्चो भएको थियो । त्यहीबेला अप्ठ्यारो भएपछि उनलाई आईसीयूमा राख्न लागिएको थियो । आफूलाई ठीक हुनलागेको र खासै समस्या नभएकाले आफ्नो बेड अरुलाई दिन उनले भनेका थिए । जब फेरि संक्रमणले च्याप्यो उनले अस्पतालमा बेड पाएनन् ।
लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाए । त्यहाँ हुँदा उनले आफूलाई ठीक हुनलागेको भन्दै केही साथीहरूलाई आफ्नो सेल्फी पनि खिचेर पठाएका थिए । उनको श्रीमती र छोरी छन् । दुवै जना विशेष काम परेर दिल्ली पुगेका छन् । दिल्लीमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण देखिएको थियो । अस्ति संक्रमणमुक्त भएको रिपोर्ट आएको थियो । उनीहरू दुवै जना बुुधबार नेपाल आउँदै छन् ।
पूर्वबैंकर श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगई बाहिरिएका थिए । तत्कालीन ग्रीनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । श्रेष्ठले केही समय ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया