Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाइक्रोसफ्टका नाडेलाले गरे भारतीय नयाँ नागरिकता कानुनको विरोध

माइक्रोसफ्टका नाडेलाले गरे भारतीय नयाँ नागरिकता कानुनको विरोध


अमेरिका, माघ १
प्रविधि कम्पनी माइक्रोसफ्टका कार्यकारी सत्या नाडेलाले भारतको विवादित नागरिकता कानुनको विरोध गरेका छन् । बीबीसीका अनुसार भारतमै जन्मिएका चर्चित कम्पनी माइक्रोसफ्टका कार्यकारी नाडेलाले हाल सोही कानुनको विरोध चर्किरहेको भन्दै आलोचना गरेका हुन् । आफूले भारतको प्रविधि उद्योगमा बंगलादेशी आप्रवासीले सफलता पाएको देख्न चाहेको पनि उनको भनाइ छ । भारतभर अहिले नयाँ कानुनको विरोध भइरहँदा चर्चित व्यक्तित्वहरु पनि यसको विरोधमा वक्तव्य निकाल्न थालेका छन् ।

नयाँ कानुनले मुस्लिमलाई भेदभाव गरेको भन्दै भारतमा प्रदर्शन भएका थिए । माइक्रोसफ्टकै एउटा कार्यक्रममा अमेरिकी सहरमा सम्पादकहरुसँग बोल्दै नाडेलाले भारतमा भइरहेको घटनाक्रम दिक्क लाग्दो भएको बताएका हुन् । उक्त कार्यक्रमलगत्तै माइक्रोसफ्ट इन्डियाले वक्तव्य जारी गरी नाडेलाले कुनै पनि आप्रवासी भारत आएर समृद्ध बन्ने गरी व्यवसाय गर्न सक्ने हुनुपर्ने बताएको थियो ।

यही जनवरी १० देखि नयाँ कानुन कार्यान्वयनमा आइसकेको छ । जसअनुसार भारतीय छिमेकी देशका गैरमुस्लिमले द्रुत रुपमा नागरिकताको निवेदन दिनसक्छ । कानुनको आलोचकहरुले भने यसले मुस्लिमप्रति भेदभाव गरेको दाबी गर्दै आएका छन् तर भारतले मुस्लिमविरोधी नभई छिमेकी देशका अल्पसंख्यकलाई नागरिकता दिन यस्तो कानुन ल्याएको बताउँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया