मोरङ उद्योग संगठनलाई नाडाबाट स्वागत
काठमाडौं, माघ १
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाकै सचिवालयमा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । यही २०७६ फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने विराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्जिविसनको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको नाडाले जनाएको छ ।
आफनै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भइरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्वमै स्थापना भएको, लुब्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्वमै स्थापना भएको बताए । अब पनि अटोमोबाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस भन्ने इच्छा व्यक्त गरे ।
सोहि छलफल तथा भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भीम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै उनको नेतृत्व ऐतिहासिक होस् भन्ने कामना पनि गरे । उनले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गर्नुपर्ने बताए । अटोमोबाइल व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । सोही छलफलमा विराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्जिविसनका संयोजक भोलेश्वर दुलालले सो एक्स्पोबारे जानकारी दिँदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा समेत गरे ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल, निलमणि पाठक, ध्रुव थापा, शुभाशिष थपलिया र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भीम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणि भट्टराई समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया