धनगढी, माघ २
महिनाबारी हुँदा छाउगोठमा राख्ने चलन अन्त्य गर्न भन्दै कर्णाली र सुदूरपश्चिमका जिल्लामा प्रहरीले छाउगोठ भत्काउने अभियान चलाइरहेको छ । कर्णाली र सुदूरपश्चिमका नौ जिल्लामा प्रहरीले यस वर्ष दुई हजार दुई सय ५४ छाउगोठ भत्काएको छ । सुदूरपश्चिममा एक हजार नौ सय सात र कर्णालीमा सात सय तीन छाउगोठ भत्काइएको हो ।
सबैभन्दा धेरै अछाममा एक हजार ६ सय छाउगोठ भत्काइएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए । प्रहरी तथ्यांकअनुसार कालिकोटमा १७, जाजरकोटमा नौ, सुर्खेतमा पाँच सय ६६, दैलेखमा एक सय १२ वटा भत्काइएका छन् । त्यस्तै, कैलालीमा एक सय १५, बझाङमा ६५, बाजुरामा एक सय ६८ र कञ्चनपुरमा चार छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । प्रहरीले अभियान नै बनाएर भत्काएका छाउ गोठ फेरि बन्न थालेका छन् ।
सरकारले छाउगोठ नभत्काए स्थानीय सरकारले दिने सेवा सुविधामा बन्देज लगाउने निर्णय नै गरेका छन् । अहिले यी जिल्लाका महिला सरकारको निर्देशन नमार्ने सुविधा नपाइने र छाउगोठमा नबसे देउता रिसाउने हुन् कि भन्ने त्रासमा छन् । प्रहरीले छाउगोठको विकृतिविरुद्ध विशेष कार्यक्रम नै ल्याउने तयारी गरिरहेको छ । आगामी महिना सो कार्यक्रम सार्वजनिक गर्न लागेको छ । गृह मन्त्रालयले गत साता नै यससम्बन्धी निर्देशन प्रहरीलाई दिइसकेको छ ।
त्यसो त छाउगोठमा बस्दा महिलाले सामाजिक अत्याचार मात्र होइन, प्राकृतिक विपत्ति पनि भोग्दै आएका छन् । ०७२ यता छाउगोठ सम्बन्धी मुद्दा भने नौ वटा मात्रै दर्ता भएका छन । दुई बलात्कार, एक बलात्कार प्रयास र तीन सुतिरहेकै अवस्थामा मृत्यु (भवितव्य) भएको घटना प्रहरीमा दर्ता भएको छ । अन्य सर्पले टोकेर तथा आगो लागेर मृत्यु भएका घटना छन ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया