अनलाइनबाटै एनएमबी बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड प्राप्त गर्न सकिने
काठमाडौँ । एनएमबी बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । बंैकका अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी कार्ड जारी गर्न सुरु गरिसकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरूलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाइएको हो ।
यो व्यवस्थापश्चात् एनएमबीले प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरू, जस्तैः नेटफिलक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने जनाएको छ । यो सुविधा बैंकको वेबसाइनमा गई आवेदन दिएमा तत्काल प्राप्त सकिनेछ ।
बैंकका अनुसार देशभर एक सय ८१ शाखाहरूमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरू साथै देशभरिका एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया