एनएलजी इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश दिने
काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सोमबार बसेको सञ्चालक समितिको तीन सय २२औं बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब नौ करोड ६३ लाख ७५ हजार पाँच सय रुपैयाँमध्येबाट १० करोड ९६ लाख ३७ हजार पाँच सय ५० रुपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ५७ लाख ७० हजार तीन सय ९७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषण गरेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव बीमा समितिको स्वीकृती एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया