अमेरिका ।
इन्टरनेट खोजीसम्बन्धी कम्पनी गुगलले आफ्ना एक वरिष्ठ अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । कम्पनीले डाइभर्सिटी हेड कमाउ बबलाई एउटा नश्लीय ब्लगपोस्टका कारण हटाएको हो ।
सन् २००७ को उक्त ब्लगपोस्टमा इजरायल–प्यालेस्टाइन संघर्षबारे उल्लेख गर्दै बबले इजरायली (जिविस) हरु संवेदनाहीन भनेका थिए । उक्त पोस्ट अहिले डिलेट भइसकेको छ । बिहीबार गुगलका एक प्रवक्ताले बब कम्पनीको डाइभर्सिटी समूहमा नरहने बताएका थिए । गुगलले उक्त पोस्टको चर्को आलोचना समेत गरेको छ । पोस्टको इजरायलीहरुले विरोध गरेका थिए । पछि बबले पोस्टका लागि क्षमा मागेको गुगलले बताएको छ ।
पछिल्लो समय अमेरिकामा नश्ल, जाति, भाषा, भूगोलसँग सम्बन्धित हिंसा र विभेदका घटना बढिरहेका छन् । बबले सन् २०१८ मा गुगलसँग आबद्ध भएका थिए । उनले गुगलका कर्मचारीसँग पनि माफी मागिसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया