प्लेइिङ फर चेन्ज नेपाल फाउन्डेसनद्वारा आधुनिक फोग मिसन सहयोग
काठमाडौं ।
प्लेइिङ फर चेन्ज नेपाल फाउन्डेसनले ललितपुर महानगरपालीकालाई आधुनिक फोग मेसिन सहयोग गरेको छ । ललितपुर महानगरपालीकाबाट सञ्चालित दुईवटा आइसोलेन केन्द्रको लागि फाउन्डेसनले दुईवटा अत्याधुनिक फोग मेसिन सहयोग गरेको हो । फाउन्डेसनका सल्लाहकार विसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्तरुपमा मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरेका हुन् ।
फोग मेसिन हस्तान्तरणमा मेयर महर्जनले महानगरपालिकाले कोरोना महामारीको समयमा अत्याधुनिक फोग मेसिनको सहयोगले कोरोना रोकथाममा थप सहयोग हुने बताए । यो सामग्री ललितपुर महानगरको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपुर महानगरपालिबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा सञ्चालित आइसोलेन केन्द्रमा पठाइने जानकारी समेत दिए ।
फाउन्डेसनका अध्यक्ष ईश्वर बज्राचार्यले मानवीय सेवाको कार्यमा संस्थाको सहयोग निरन्तर रहिरहने बताए । त्यसैगरी सल्लाहकार शाक्यले यो अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालिका वडा नम्बर १६ लाई पनि एक थान हस्तान्तरण गरिसकेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया