दोलखा ।
लामो समयदेखि भएको निषेधाज्ञाका कारण भोकै रहेका कुकुरहरुलाई यहाँका युवाहरुले खाना खुवाउन थालेका छन् । कुकुरहरु भोकको कारण मान्छेहरुमाथि जाइलाग्न, कराउन थालेपछि युवाहरुले उनीलाई दैनिक खाना खुवाउने व्यवस्था मिलाएका हुन् ।
बजार खुला हुँदा व्यापारीले फालेको सढेगलेका खानेकुरा खाएर भोको पेट भर्ने चरीकोट बजारका छाडा कुकुर अहिले निषेधाज्ञामा कडाइ हुँदा भोकले छट्पटिन लागेको देखेर दिनमा तीन पटक खाना खुवाउन सुरु गरेको उनीहरुले बताए । मंगलबारदेखि चरीकोट बजार स्थानीय युवा राजु केसी र राजन बस्नेत र अभयपुर युवा क्लबको समूहले कुकुरलाई खाना खुवाउन सुरु गरेका हुन् ।
जिल्ला प्रशासनले गरेको निषेधाज्ञाका कारण केही खान नपाएका कुकुरहरु भोकले छट्पटी गर्दै बजारमा मानिसलाई टोक्न खोज्ने, झम्टिन थाल्ने गरेपछि पशुअधिकारको रक्षा गर्दै खाना खुवाउन थालेको केसीले बताए ।
निषेधाज्ञा खुकुलो नहुँदासम्म निरन्तर दैनिक कुकुरहरुलाई खोजी–खोजी खाना खुवाउने उनले बताए । युवाहरूले चरीकोट बजार, दोलखा बजारलगायतका स्थलमा रहेका करिब ६५ वटा कुकुरलाई खाना खाजा खुवाउँदै आएका छन् । उनीहरुले कुकुरलाई बिहान दुध बिस्कुट, दिउँसो मासुभात र बेलुका खाना दिने गरेका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया