कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर ऋण पाउने
काठमाडौं ।
कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलरबराबरको ऋण पाउने भएको छ । यसका लागि नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलरबराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । बैंकका अनुसार यो ऋण वन तथा वन पैदावरसम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न गर्नको लागि पाउने भएको हो ।
गत २०७७ चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनीतिक जलवायु कोषअन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कुल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो । जसको आधारमा वन तथा वन पैदावरसम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न ६० लाख अमेरिकी डलरबराबर नेपाल मुद्रामा नेपाल सरकारले सहायक ऋणको रूपमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो ।
यो कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्रसँग समन्वय गर्नेछ । त्यसपछि बैंकले प्रदेश नं.२ र लुम्बिनी प्रदेशको वन तथा वनजन्य उद्योग व्यवसायीलाई कर्जा उपलब्ध गराउने जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब सात करोड ३० लाख ६१ हजार एक सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड ४६ लाख ३५ हजार एक सय ९४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुई रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४५ अर्ब ३६ करोड नौ लाख १३ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९४ करोड नौ लाख ७८ हजार दुई सय ८७ रुपैयााँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १६ करोड ५६ लाख ३७ हजार एक सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४३ करोड १९ लाख २६ हजार पाँच सय ५३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख ५५ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार दुुई सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा एक अर्ब ४७ करोड नौ लाख ५६ हजार नौ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया