व्यवसायीमाथि अनावश्यक प्रहरी दबाब बन्द गर्न उद्योग वाणिज्य संघको आग्रह
जनकपुरधाम ।
व्यवसायीले राजस्व तिरेर जिल्लाको ग्रामीण क्षेत्रमा व्यवसाय सञ्चालन गरे पनि सामानहरु प्रहरीले बरामद गरिरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश २ का जिल्लाहरु भारतसँग जोडिएको कारण दशगज्जा क्षेत्रदेखि पाँच सय मिटरको दूरीमा गोदाम राख्न पाउने नीतिगत व्यवस्था भए पनि सक्कली बिल भर्पाइ भएको व्यापारीको सामान पनि प्रहरीले बरामद गरी भन्सारमा बुझाउने गरेकोले यसविरुद्ध धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले जानकारी दिए । ग्रामीण क्षेत्रमा रहेको बजारमा प्यान, भ्याट र गोदामको स्वीकृति दिए पनि प्रशासनले जनकपुरबाट लगेको सामानलाई बाटैबाट नियन्त्रणमा लिने र दशगजा क्षेत्रबाट बरामद गरेको भन्दै कारबाही प्रक्रियामा लग्ने गरेको उनको भनाइ छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलालाई संघका निवर्तमान अध्यक्षसहित कार्यसमितिका पदाधिकारीहरुले बुझाएको उक्त ज्ञापनपत्रमा देशलाई राजस्व तिरी ढुवानी गरिरहेको कुनै पनि सामान र सवारीसाधन बिलमा लेखिएको ठेगाना र गोदाममा नपुग्दै पक्रिने, भीसीटीएस बिल, भ्याट वा प्यान बिल रहेको सामानहरु प्रहरीले बरामद गर्ने, सो बिल भएका सामानहरु र सवारीसाधन सम्बन्धित भन्सार कार्यालयले लिलाम गर्ने, झूठा मुद्दा चलाउने काम भइरहेकोले उक्त कार्य बन्द गर्न माग गरिएको छ । सामान फेला परे उद्योग वाणिज्य संघको पदाधिकारीको रोहवरमा राखी मुचुल्का उठाउने प्रावधान राखी कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया