चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत
बेइजिङ ।
चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकार सम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ । यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाईको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ ।
सन् २०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजार भन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरुमा ८२ लाखभन्दा बढी शैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ । यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्षमात्र थियो । मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया