दोलखा ।
दोलखामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले दुई महिनादेखि ठप्प बनेका सवारीसाधन बुधबारदेखि आंशिकरूपमा जिल्लाभित्र चल्न थालेका छन् ।
गत बैशाख २३ देखि गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञालाई खुकुलो बनाएको छ । यद्यपि निषेधाज्ञा भने एक साताको लागि थप गरिएको छ । प्रशासनले निषेधाज्ञाको समयमा जिल्लाभित्र मात्र जोरबिजोर प्रणाली अपनाएर सबै किसिमका यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न दिइने निर्णय गरेसँगै बुधबारदेखि जिल्लाभित्र सानाठूला सवारीसाधन चल्न थालेका हुन् । तर अन्य जिल्लाबाट सवारीसाधन आउन तथा अन्य जिल्लामा जान भने प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
बुधबार बिहानदेखि नै बोलेरो गाडी र मोटरसाइकल र केही यात्रुबाहक बस गाउँदेखि सदरमुकाम चरीकोट बजारसम्म चल्न सुरु गरेका हुन् । मंगलबारदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञाको अवधिमा पसल, व्यापार व्यवसाय, होटल, रेष्टुरेन्टलगायत सबै व्यवसाय बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
यसैगरी सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर न्यूनतम र आवश्यक कर्मचारीहरूबाट सेवा सञ्चालन गर्नुपर्नेछ । निषेधाज्ञाको समयमा शिक्षण संस्था, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेसलगायतका मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका गतिविधि गर्न भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । भीडाभाड हुने धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरू, अर्को आदेश नभएसम्मको लागि प्रतिबन्ध लगाइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया